
काठमान्डौ/इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा अहिलेसम्म २२ प्रतिशत मत खसेको छ ।
बिहान ११ बजेसम्म २२ प्रतिशत मतदाताले मत खसालेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार सबै मतदान स्थल र मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान चलिरहेको छ ।
इलाम-२ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बूसहितका १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
इलाम-२ का ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी छ । ४२ वडा रहेको इलाम २ मा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् ।


