Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बाजुरामा रेबिजविरुद्धको खोप अभाव – Lekhanpeeth

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

Share:

काठमान्डौ/बाजुरामा सरकारले नि:शुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ । जङ्गली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

 

रेबिजविरुद्धको खोप लगाउन आउनेको सङ्ख्या बढ्दै गए पनि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उक्त खोपको अभाव रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताए ।

 

जथाभावी रूपमा छोडिएका कुकुर, स्याललगायतका जनावरले टोकेका बिरामी रेबिजको खोप लगाउन आउने गरे पनि खोप अभाव भएपछि अन्य जिल्लामा पठाउनुपरेको जनस्वास्थ्य अधिकृत चन्दले बताए । जिल्लामा रहेका जिल्ला अस्पताल, टाँटे स्वास्थ्य चौकी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त खोप अभाव भएको छ ।

 

लक्ष्यअनुसार खोप खरिद हुने भए पनि रेबिजको कुनै लक्ष्य नहुने भएकाले खोप खरिद गर्न समस्या भएको अधिकृत चन्दले बताए।’रेबिजको खोप लगाउन कहिले आउने, कहिले नआउने भएकाले खोपको समस्या भएको छ,’ उनले भने ।

 

यस्तै पूर्वी उत्तरी भेगको कोल्टीमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा छिमेकी जिल्लाबाट पनि रेबिजविरुद्धको खोप लगाउन आउन थालेकाले उक्त स्वास्थ्य केन्द्रमा खोप अभाव भएको स्वास्थ्यकर्मीले बताएका छन् । कोल्टीमा कर्णाली प्रदेशका हुम्ला, मुगु, कालिकोटलगायतको सेवा केन्द्र बनेको स्वास्थ्य केन्द्र कोल्टीमा खोप अभाव भएको हो ।

 

स्वास्थ्य केन्द्रमा मात्र नभई अन्य क्लिनिकमा समेत रेबिजविरुद्धको खोप अभाव भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका डा प्रतीक न्यौपानेले बताए। स्वास्थ्य कार्यालयका प्रमुख चन्दले खोप खरिद गर्न प्रदेश सरकारसँग माग गरिएको बताए । वैशाख मसान्तभित्र रेबिजविरुद्धको खोप जिल्लामा आइपुग्ने उनको भनाइ छ । स्थानीय तहका स्वास्थ्य शाखाले पनि खोप खरिद गर्न आवश्यक बजेटको व्यवस्था नगर्दा खोप खरिद र औषधि खरिदमा समस्या हुने गरेको छ ।

Share: