नेपाललाई दक्षिण एशियाको मुख्य पर्यटन गन्तव्यका रुपमा विकास गर्छौँ : मन्त्री तामाङ

73
0
Share:

काठमान्डौ/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाललाई दक्षिण एशियाको मुख्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने विश्वास व्यक्त गर्नुभएको छ ।काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनमा बोल्दै उहाँले विदेशी पर्यटकको सङ्ख्यात्मक वृद्धिसँगै उच्च गुणस्तरका पर्यटक आकर्षण गर्न जोड दिइने बताउनुभयो ।

 

पर्यटनमन्त्री तामाङले राष्ट्रिय पर्यटन रणनीतिक योजना ९२०१६-२०२५० अन्तिम चरणमा रहेको उल्लेख गर्नुभयो । उहाँले पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई समसामयिक सुधार गरी लगानीमैत्री बनाइने बताउनुभयो ।

 

सरकारले पर्यटन दशक ९२०२३-२०३२० मा हरेक वर्ष पर्यटक आगमनमा १५ प्रतिशत विन्दुले वृद्धि गरी सन् २०३२ मा ३५ लाख पुर्‍याउने लक्ष्य लिइएको मन्त्री तामाङले जानकारी दिनुभयो । उहाँले पर्यटकको नेपाल बसाइ अवधि वढाउने र प्रति पर्यटक खर्चमा समेत बढोत्तरी गरी देशको कूल ग्राहस्थ उत्पादन ९जीडीपी० मा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्याउने लक्ष्य रहेको बताउनुभयो । उक्त लक्ष्य प्राप्त गर्न निजीक्षेत्रसँग सहकार्य गरी नीतिगत सुधार गर्ने, वैदेशिक लगानी आकर्षित गर्ने, स्थानीय एवं प्रदेश सरकारसँगको सहकार्यलाई मजबुत बनाउने र सरोकारवाला निकायहरुसँग समन्वय गर्नेगरी काम गर्ने मन्त्रालयको योजना छ ।

 

पर्यटनमन्त्री तामाङले हवाई सेवा बिस्तार र सेवालाई चुस्त र प्रभावकारी बनाइने बताउनुभयो । नेपाल वायुसेवा निगमलाई सुधार गरी जहाज थपेर थप गन्तव्यमा उडान गर्ने र अन्य वायुसेवालाई पनि आकर्षण गर्ने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाल ४२ देशसँग हवाई सेवा सम्झौता भएको छ । ती देशहरुसँग प्रत्यक्ष हवाई सेवा सञ्चालनका लागि आवश्यक पहल गरिरहेका छौँ । नेपाल वायुसेवालाई सुधार गरी जहाजहरु थपी थप गन्तव्यमा उडान गर्ने र अन्य वायुसेवाहरुलाई पनि आकर्षित गरिनेछ ।”

 

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनमा ल्याउने, त्रिभुवन विमानस्थलको क्षमता बिस्तार गर्ने र वैकल्पिक विमानस्थलको निर्माण शुरुआत गरिने मन्त्री तामाङको भनाइ छ ।पर्यटकको आगमनमा वृद्धि हुने क्रमसँगै पर्यटकीय पूर्वाधारमा लगानी बढेको निजीक्षेत्रबाट होटल तथा आतिथ्य क्षेत्रमा ठूलो भएको उल्लेख गर्दै मन्त्री तामाङले हाल नेपालमा पाँचतारे स्तरका होटलमात्र रहेकाले अबका दिनमा गुणस्तरीय पर्यटकका लागि पाँचतारेभन्दा माथिल्लोस्तरका होटल तथा रिसोर्टको क्षेत्रमा लगानीको राम्रो सम्भावना देखिएको उल्लेख गर्नुभयो ।

Share: