‘मनसरा’को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

Share:

काठमान्डौ/नेपाली कथानक चलचित्र ‘मनसरा’को पहिलो गीत रिलिज गरिएको छ । सोमबार रिलिज गरिएको ‘झ्यालको’ बोल रहेको गीतमा झुमा लिम्बूको कम्पोजिसन छ । गीतमा हर्क साउदको शब्दरचना छ ।

 

सनुप पौडेल र झुमा लिम्बूको स्वर रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारका केही दृश्य समावेश छन् । सिनेमामा प्रविण खतिवडा, मिरुना मगर, मेनुका प्रधान, दयाहाङ राईको मुख्य भूमिका छ ।

Share: