
काठमान्डौ/नेपाल फेसन फेस्टिभल हुने भएको छ । फेस्टिभल जेठ ११ देखि १४ गतेसम्म सानेपाको हेरिटेज गार्डेनमा हुनेछ । आयोजकले फेस्टिभलमा स्थापित डिजाइनरले तयार पारेका पहिरनमा छनोट भएका मोडललाई र्याम्पमा प्रस्तुत गर्नेछ ।
फेसनसँग सम्बन्धित बुटिक, डिजाइनर, फोटो स्टुडियो, इभेन्ट म्यानेजर, सौन्दर्य सामग्रीलगायत कम्पनीको सहभागिता रहनेछ । मोडलका लागि आयोजकले अडिसन आह्वान गरिसकेको छ । गत शनिबार अडिसन लिइएको थियो । अडिसनमा १८ वर्ष माथिका युवायुवतीले सहभागिता जनाएका थिए ।