Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
निर्वाचन आयोगद्वारा उपनिर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष पेस – Lekhanpeeth

निर्वाचन आयोगद्वारा उपनिर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष पेस

177
0
Share:

काठमान्डौ/निर्वाचन आयोगले यही वैशाख १५ गते भएको उपनिर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज बिहान शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिवेदन बुझाएका हुन् ।

 

१५ गते इलाम-२ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ (१)मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन भएको थियो । इलाममा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् भने बझाङमा पनि एमालेकै दमन भण्डारी निर्वाचित भएका छन् ।

Share: