Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कस्तो हुनेछ आजको मौसम ? – Lekhanpeeth

कस्तो हुनेछ आजको मौसम ?

203
0
Share:

काठमान्डौ/ हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।

 

विभागका अनुसार आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भागमा आंशिक मौसम सफा रहने छ भने राति सुदूरपश्चिम , कर्णाली र गण्डकी प्रदेशका पहाडी भागमा साधरणतया बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहने छ ।

 

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हुरी बतासको सम्भावना रहेको जनाउँदै विभागले क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Share: