Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुन-चाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ? – Lekhanpeeth

सुन-चाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

183
0
Share:

काठमान्डौ/सुनको भाउ प्रतितोला ८०० रुपैयाँ बढेको छ । हिजो २०० रुपैयाँ बढेको सुनको भाउ आज ८०० रुपैयाँ बढेको हो । मंगलबार छापावाला सुनको भाउ १ लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको भाउ १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुन १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला चाँदीको मूल्य हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।

Share: