Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली – Lekhanpeeth

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

Share:

काठमान्डौ/बाँकेको कोहलपुरमा प्रहरीले लागुऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको छ । काठमाडौंबाट खटिएको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा बिहीबार गोली चलाएको हो ।

 

उनीबारे थप विवरण भने आउन बाँकी रहेको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले जानकारी दिए । परियारलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली हानेर नियन्त्रणमा लिएको हो । परियारको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । उनको घुँडामा गोली लागेको ब्युरोका प्रमुख गोविन्द थपलियाले जानकारी दिए । उनको साथबाट प्रहरीले ११० ग्राम खैरो हिरोइन बरामद गरेको छ ।

 

लागुऔषध कारोबारीको खोजीका लागि ब्युरोको टोली पछिल्लो समय देशभर अपरेशनका लागि खटिएको छ । केही दिन अघिमात्रै झापामा समेत गोली प्रहार गरेर एकजनालाई नियन्त्रणमा लिएको थियो ।

Share: