
काठमान्डौ/प्रहरीले स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरूलाई दरबारमार्गबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
पक्राउ परेका दुवै जना पुरुष रहेको बताइएको छ । उनीहरू दुवै बुटवलका भएको स्रोतले जानकारी दिएको छ । यद्यपि, यस विषयमा थप विवरण भने खुलाइएको छैन ।