
काठमान्डौ/काठमाडौंको बत्तीसपुतलीमा २४ वर्षीय युवकको हत्या भएको छ । मोरङ घर भई कुमारी टोल बस्दै आएका २४ वर्षीय शम्भु धिमालको बत्तीसपुतलीस्थित सडकमै हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
धिमाललाई गए राति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएको थियो । चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार घटनामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप विवरण दिएको छैन । घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएकव छ ।
प्रहरीले पक्राउ परेकाहरूको नाम सार्वजनिक गरेको छैन । आजै पत्रकार सम्मेलन गरी घटनाबारे विस्तृत विवरण सार्वजनिक गरिने जनाइएको छ ।