कोइली खोलाले बगाउँदा एकको मृत्यु

Share:

काठमान्डौ/वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एकको मृत्यु भएको छ ।

 

सुकुम्वासी टोलका स्थानीय ४० वर्षीय लौटन थारुलाई आज बिहान ७ बजे दाउरा सङ्कलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले बगाएको हो । लौटनलाई बाढीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजङग रायमाझीले बताए ।

 

लौटनको शव बगाएको ठाउँबाट दुई किलोमिटरको तल शव फेला परेको रायमाझीले बताए ।

Share: