
काठमान्डौ/नेकपा माओवादी केन्द्र मधेश सरकारबाट बाहिरिएको छ ।
आइतबार मन्त्रीहरू भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा दिएका हुन् । योसँगै उनीहरू मधेस सरकारबाट बाहिरिएका छन् ।
साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका थिए भने भट्टराईलाई उद्योग तथा पर्यटनमन्त्रीको जिम्मेवारी तोकिएका थिए । तर साहले उक्त जिम्मेवारी सम्हाल्न मानेका थिएनन् ।