
काठमान्डौ/सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । आइतबार ५०० रुपैयाँले बढेको सुनको मूल्य सोमबार ३०० रुपैयाँले घटेको हो । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुन १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ७३५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।