दलका प्रमुख सचेतकहरूसँग परामर्श गर्दै सभामुख

Share:

काठमान्डौ/संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । सभामुख घिमिरेले दिउँसो १२:३० बजे प्रमुख सचेतकहरूसँग परामर्श गर्न लागेका हुन् ।

 

अपरान्ह ३ बजे संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । यसअघि संसदको कार्यव्यवस्था समिति बसेर संयुक्त बैठकको तयारी र कार्यसूची निर्णय गर्नुपर्ने छ ।

 

सभामुखले यिनै विषयमा परामर्श गर्न प्रमुख सचेतकहरूसँग बस्न लागेका हुन् ।

Share: