मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित

Share:

काठमान्डौ/सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम पारित गरेको एक मन्त्रिले जानकारी दिए । त्यस्तै आजको बैठकले सोह्रौँ पञ्चवर्षीय आवधिक योजना पनि पारित गरेको उनले बताए ।

 

‘सुशासन, सामाजिक न्याय र समृद्धि’ मुख्य लक्ष्यसहित सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२-२०८५/८६) को मस्यौदा अन्तिम स्वीकृतिका लागि राष्ट्रिय योजना आयोगले हिजो मन्त्रिपरिषद्मा पठाएको थियो ।

Share: