Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पूर्व सांसद रेग्मीको निधन – Lekhanpeeth

पूर्व सांसद रेग्मीको निधन

191
0
Share:

काठमान्डौ/पूर्व सांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापतिसमेत रहनुभएका उहाँको ७५ वर्षको उमेरमा आज आफ्नै निवास भीरकोट–७ गेझबासमा निधन भएको हो ।

 

रेग्मी २०५८ सालमा राष्ट्रियसभाको सांसद बन्नुभएको थियो । उहाँ लामो समयसम्म शिक्षण पेसामासमेत सक्रिय रहनुभएको थियो । रेग्मी केही समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । काठमाडौँमा क्यान्सरको उपचार गराइरहनुभएका रेग्मीको उपचारमा सुधार नदेखिएपछि उहाँलाई भीरकोट ल्याइएको थियो ।

 

नेपाली कांग्रेस स्याङ्जाका सचिव दामोदर लम्सालका अनुसार रेग्मीको आजै स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको रामनदीधाम (राम्दी) स्थित कालीगण्डकी नदीमा अन्त्येष्टि गरिने छ ।

Share: