
काठमान्डौ/स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको हत्या प्रयास भएको छ । गोली प्रहार गरिएका उनी अस्पतालमा गम्भीर अवस्थामा उपचाररत रहेको बीबीसीले लेखेको छ । फिफोमाथि ब्रातिस्लाभाजस्तो सानो शहरमा बन्दुक आक्रमण भएको हो ।
रक्षामन्त्री रोबर्ट कलीनाकले गोली लागेपछि फिफोको ३ घण्टासम्म शल्यक्रिया गरिएको र अवस्था चिन्ताजनक रहेको बताए ।
स्लोभाकियाका राष्ट्रपति एवम् अन्य नेताले यसलाई लोकतन्त्रमाथिको आक्रमण भनेका छन् । कथित आक्रमणकारीलाई तत्कालै हिरासतमा लिइएको छ ।