Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काँग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक जेठ ६ गतेसम्मका लागि स्थगित – Lekhanpeeth

काँग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक जेठ ६ गतेसम्मका लागि स्थगित

186
0
Share:

काठमान्डौ/राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अवरोध गरेको छ । अध्यक्ष नारायण दाहालले बैठक सुरु गरे लगत्तै काँग्रेसका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।

 

काँग्रेसको अवरोधपछि अध्यक्ष दाहालले बैठक स्थगित गरेका छन् । पाँच मिनेट पनि बैठक बस्न सकेन । अर्को बैठक जेठ ६ गते दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।

 

बैठक अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठकमा सदन खुलाउने विषयमा छलफल भएको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान काँग्रेसले राखेको छ ।

Share: