राष्ट्रियसभाको बैठक पनि सर्याे

105
0
Share:

काठमान्डौ/दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ ।

 

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दिउँसो ३ बजेर १५ मिनेटमा बस्नेगरी बैठक तय भएको जानकारी दिनुभयो ।

 

सहकारीको रकम अपचलनका सम्बन्धी संसदीय छानबिन समिति गठनका लागि कार्यादेश टुङ्गो लगाउन अहिले सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच छलफल चलिरहेको छ । कार्यादेश टुङ्गो लाग्न नसकेपछि बैठक सारिएको हो । यसअघि प्रतिनिधिसभाको बैठक पनि दिउँसो दुई बजे बस्ने गरी सारिएको थियो ।

Share: