
काठमान्डौ/साताको दास्रो दिन आज सोमबार सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि ९ सय रुपैयाँले नै बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ । यस दिन चाँदी तोलामा १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २१ हजार ५७० सय रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २० हजार ९६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६ सय ६३ रुपैयाँ तोकेको छ ।