२७.५४ अंकले बढ्यो नेप्से

94
0
Share:

काठमान्डौ/धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार २७.५४ अंकले बढेको छ । नेप्से १.३३ प्रतिशतले बढेर २०९२.०० को विन्दुमा पुगेको छ । यसदिन एक करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर पाँच अर्ब ८५ करोड ४३ लाख ५४ हजार २१२.१९ रुपैयाँमा कारोबार भएको छ ।

 

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।सबैभन्दा बढी गुमाउनेमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडेको सेयर मूल्य ७.४० प्रतिशतले घटेको छ ।

 

कारोबारमा रहेका १३ वटा समूहमध्ये आठ वटाको परिसूचक वृद्धि भएको छ । सबैभन्दा धेरै बैंकिङ समूहको परिसूचक ४.१८ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स समूहको परिसूचक ०.६५ प्रतिशतले घटेको छ । सोमबार १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने, १०७ को घट्दा पाँच कम्पनीको सेयर मूल्य स्थिर छ ।

Share: