सुर्खेत बस दुर्घटना : दुईजनाको मृत्यु, २१ घाइते

141
0
Share:

काठमान्डौ/दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको बस सोमबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७, कटकुवानजिक दुर्घटना भएको हो ।

 

दुर्घटनामा दुल्लु नगरपालिका–१०, गमौडी घर भई हाल ठाकुरबाबा नगरपालिका–५, नेउलापुर बस्दै आएका ६५ वर्षीय शेरबहादुर खड्का र दैलेखको डुंगेश्वर गाउँपालिका–६ का भीमसेन रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

 

घाइतेको कर्णाली प्रदेश अस्पताल सुर्खेत र वीरेन्द्रनगरका मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस सडकबाट खसेको तर रूखमा अड्किँदा थप मानवीय क्षति हुनबाट जोगिएको जनाइएको छ । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
Sipradi Landing

Share: