घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Share:

काठमान्डौ/साताको चौथो कारोबार दिन बुधबार पनि पहेंलो धातु सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख ४० हजार ६००रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४० हजार ५००रुपैयाँमा कारोबार भइरहेको छ ।

 

त्यस्तै, आज तेजावी सुनको भाउ पनि १०० रुपैयाँले नै घटेको छ। यो दिन तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।यो दिन चाँदीको भाउ भने १५ रुपैयाँ प्रतितोलाका दरले बढेको छ । यस दिन चाँदी तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share: