कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति

110
0
Share:

काठमान्डौ/कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत धनुषाले नागरिकता कीर्ते गरेको आरोपमा पक्राउ परेका उनलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

 

जिल्ला सरकारी वकिल कार्यालयमार्फत ५ दिन हिरासतमा राख्न माग गरेको थियो । तर, जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।सिरोहियालाई हिजो जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा लिएको थियो ।

 

सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा कार्यकक्षबाटै गिरफ्तार गरिएको हो । पक्राउपछि सिरोहियालाई गाडीमा बिपी राजमार्गबाट धुलिखेल, सिन्धुली हुँदै बुधवार बिहानै जनकपुरधाम पुर्‍याइएको हो ।

Share: