Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
संसद् बैठक स्थगित – Lekhanpeeth

संसद् बैठक स्थगित

178
0
Share:

काठमान्डौ/ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठक सुरू भएलगत्तै कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

 

कांग्रेसको विरोधपछि सभामुख देवराज घिमिरेले जेठ १३ गते आइतबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेको जानकारी गराए ।

 

सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।

Share: