कैलाश सिरोहिया अस्पताल भर्ना

209
0
Share:

काठमान्डौ/कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । गत मंगलबार नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया गएराति १० बजे अस्पताल भर्ना भएका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको हो । मुटुमा समस्या भएपछि उनलाई अस्पताल लगिएको बताइएको छ ।

Share: