
काठमान्डौ/ बागमती प्रदेशस सरकारको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुँदैछ ।
आज दिउँसो ३ बजे प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रममार्फत नयाँ बजेटको रुपरेखा र प्राथमिकताको विषय आउने छ । प्रदेश सरकारले आउँदो असार १ गते बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।