सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

153
0
Share:

काठमान्डौ/सरकारले आज आर्थिक वर्ष २०८१-०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)सार्वजनिक गर्दै छ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाको सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।

 

सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशबारे दलहरू सहमति नजिक पुगेकोले आजको संसद् बैठकमा सौहार्दपूर्ण वातावरणमा बजेट प्रस्तुत हुने देखिएको छ ।

Share: