कांग्रेस संसदीय दलको बैठक बस्दै

88
0
Share:

काठमान्डौ/नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।

 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले मङ्गलबार बिहान ११ बजे बैठक बस्न लागेको जानकारी दिए । उनका अनुसार बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।

 

कांग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । सरकारले आज बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

Share: