सुन-चाँदीको मूल्य बढयो, कतिमा हुँदैछ किनबेच ?

Share:

काठमान्डौ/आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइको छ । सोमबार १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यस्तै, चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेको छ । महासंघका अनुसार मंगलबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा चाँदीको कारोबार भएको छ । अघिल्लो दिन १ हजार ८८० रुपैयाँ थियो ।

Share: