Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सर्‍यो बजेट भाषण – Lekhanpeeth

सर्‍यो बजेट भाषण

223
0
Share:

काठमान्डौ/आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तय भएको संयुक्त सदनको बैठक सरेको छ । यसअघि दिउँसो १ बजेको लागि बोलाइएको संयुक्त बैठक दिउँसो तीन बजेको लागि सरेको हो ।

 

सरकारले आज आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ । सदन बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मन्त्रिपरिषद्बाट बजेट पारित गराएर सार्वजनिक गर्ने चलन छ ।

 

सहकारी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुङ्गाउन केही समय लाग्ने भएपछि सरकारको अनुरोधमा बैठक सारिएको संसद सचिवालयले जनाएको छ ।

Share: