
काठमान्डौ/‘भिजा फर सन्दीप लामिछाने’ भन्दै माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । बुधवार सन्दीप पक्षधरले उक्त विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनको नाम ‘क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिलाउन सरकारलाई जनदबाब आन्दोलन–२०८१’ राखिएको छ । क्रिकेटर लामिछानेलाई भिसा दिलाउन उनीहरूले दबाब सहित विरोध प्रदर्शन गरेका हुन् ।
आन्दोलनमा सन्दीपले नेपाललाई विश्व क्रिकेटमा चिनाए, भिजा फर सन्दीप लामिछाने, क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० वल्डकप खेल्नबाट वञ्चित गराउने षड्यन्त्र विरुद्ध एकजुट होऔँ र नेपाल र अमेरिका असल मित्र राष्ट्र हो, एकअर्काको सम्मान गरौँ भन्ने जस्ता नाराहरू लगाएका थिए ।