Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सन्दीप लामिछानेलाई अमेरिकाको भिसा माग गर्दै प्रदर्शन – Lekhanpeeth

सन्दीप लामिछानेलाई अमेरिकाको भिसा माग गर्दै प्रदर्शन

221
0
Share:

काठमान्डौ/‘भिजा फर सन्दीप लामिछाने’ भन्दै माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । बुधवार सन्दीप पक्षधरले उक्त विरोध प्रदर्शन गरेको हो ।

 

विरोध प्रदर्शनको नाम ‘क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिलाउन सरकारलाई जनदबाब आन्दोलन–२०८१’ राखिएको छ । क्रिकेटर लामिछानेलाई भिसा दिलाउन उनीहरूले दबाब सहित विरोध प्रदर्शन गरेका हुन् ।

 

आन्दोलनमा सन्दीपले नेपाललाई विश्व क्रिकेटमा चिनाए, भिजा फर सन्दीप लामिछाने, क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० वल्डकप खेल्नबाट वञ्चित गराउने षड्यन्त्र विरुद्ध एकजुट होऔँ र नेपाल र अमेरिका असल मित्र राष्ट्र हो, एकअर्काको सम्मान गरौँ भन्ने जस्ता नाराहरू लगाएका थिए ।

Share: