प्रधानमन्त्री ‘प्रचण्ड’ र झलनाथ खनालबीच भेटवार्ता

103
0
Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

 

भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको नेता खनालको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेट्न पूर्वप्रधानमन्त्री खनाल आज बिहान नौ बजे बालुवाटार पुगेका थिए ।

 

भेटमा समसामयिक राजनीति, संघीय सरकार, प्रदेश सरकार र वाम एकताका विषयमा छलफल भएको खनालको सचिवालयले जनाएको छ । सरकारलाई सुदृढ बनाउने विषयमा पनि छलफल भएको उनले बताए ।

Share: