‘दान्भी’को ट्रेलर सार्वजनिक

Share:

काठमान्डौ/नेपाली कथानक चलचित्र ‘दान्भी’को ट्रेलर सार्वजनिक भएको छ । एक्सनप्रधान सिनेमा ‘दान्भी’मा पूजा शर्माको एक्सन सिन देख्न सकिन्छ ।

 

लभ, रोमान्स र एक्सन सिनले भरिएको ट्रेलरको अधिकांश समय पूजाले अकुपाई गरेकी छन् । ट्रेलरले सिनेमा एक्सनप्रधान रहेको संकेत गरेको छ । रुपेश तामाङको निर्देशन रहेको चलचित्रमा पूजासँगै कुन्साङ बमजन र रुपेश तामाङ मुख्य भूमिकामा छन् ।

 

देभ मगर र अनिल गधाल निर्माता रहेको चलचित्रको कथा प्रविण थापा मगरले लेखेका हुन् । चलचित्र असार ७ गते रिलिज हुँदै छ ।

Share: