Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य ऐतिहासिक बिन्दुमा, एकैदिन तोलामा १७ सयले बढ्यो – Lekhanpeeth

सुनको मूल्य ऐतिहासिक बिन्दुमा, एकैदिन तोलामा १७ सयले बढ्यो

Share:

काठमान्डौ/नेपाली बजारमा शुक्रबार सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

 

बिहीबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

Share: