
काठमान्डौ/आईसीसी ट्वान्टी–२० विश्वकपको उद्घाटन खेलमा अमेरिकाले क्यानडामाथि सहज जित नकालेको छ । अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा अमेरिकाले सात विकेटको जित निकालेको हो ।
टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९४ रन बनाएको थियो । जितका लागि १९५ रनको लक्ष्य पाएको अमेरिकाले १७.४ ओभरमा १९७ रन बनायो ।
अमेरिकाको जितमा आरोन जोन्सले विस्फोटक ब्याटिङ गरे । उनले मात्र ४० बलमा ९४ रन बनाए । आन्ड्रिस गोसले ६५ रन बनाउँदा कप्तादन मोनन्क पटेलले १६, कोरी आन्डर्सनले तीन रन बनाए ।