आँखा शिविरबाट ३०० जना लाभान्वित

91
0
Share:

काठमान्डौ/काठमाडौँ महानगरपालिका-५ स्थित सामाजिक संस्था कैलाशकुट सामाजिक अभियानले शनिबार आयोजना गरेको शिविरमा ३०० जनाको आँखा परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको छ ।

 

संस्थाका अध्यक्ष महेशकुमार श्रेष्ठका शिविरमा तिलगंगा आँखा अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीले सेवा प्रवाह गरेका थिए । शिविरमा ज्येष्ठ नागरिकलाई निःशुल्क चस्मा वितरण गरिएको थियो ।

 

यसअघि पनि अभियानले वडावासीलाई लक्ष्यित गरी मधुमेह र मुटुरोगसम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना गरेको थियो । शिविरका लागि लक्ष्मीनारायण देवस्थल सेवा समितिले पनि सहयोग गरेको थियो ।

Share: