
काठमान्डौ/पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महलते आगामी आर्थिक वर्षको बजेटले चुनौती सामना गर्ने लय पक्रिन नसकेको टिप्पणी गरेका छन् ।
संसदमा आइतबार सुरु भएको बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट सुधारले निरन्तरता नपाएको बताए ।
‘बजेटका चुनौतीहरूको सामना गर्ने दिशा बजेटले पक्रिन सकेको छैन । सुधारको कंक्रिट स्टेप तयार गरेर कार्यविधि बनाएका थियौँ,’ उनले भने, ‘आशा थियो त्यसले निरन्तरता पाउछ भन्नेमा तर सुधारको थालनी भए पनि त्यसले निरन्तरता पाएन । उच्च स्तरीय सुधार आयोगमा पन्छाइदिनुभयो । आयोगको कामै थिएन ।’