सन्दीप लामिछानेले भिसा नपाएको विषय संसदमा

85
0
Share:

काठमान्डौ/राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले क्रिकेटर सन्दीप लामिछानेले भिसा नपाएको विषय संसदमा उठाएका छन् । अमेरिकाले भिसा नदिएकोमा उनले आपत्ति जनाए ।

 

टी २० विश्वकप क्रिकेट खेल्न लामिछानेलाई नदिने गरी अमेरिकाले भिसामा प्रतिबन्ध लगाएको भन्दै सांसद शाहीले आपत्ति जनाएका हुन् ।

 

आइतबार प्रतिनिधिसभा बैठकमा शाहीले विश्वकप खेल्नका लागि सन्दीप लामिछानेलाई भिसा नदिए पनि त्यसबारे बोल्न नसकेको भन्दै परराष्ट्र मन्त्रालय र खेलकुद मन्त्रालयप्रति पनि आक्रोश व्यक्त गरे । खेलाडीहरूलाई खेल खेल्नसमेत जान नदिने गरी अमेरिकाले लामिछानेलाई भिसा नदिँदा पनि खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयले कुनै प्रतिक्रिया नदिएकाले यस्ता मन्त्रालय आवश्यक नभएको उनको जिकिर थियो ।

 

‘यो खेलकुद मन्त्रालय किन राख्ने सभामुख महोदय । जब विश्वकप क्रिकेट खेल्न हाम्रा सन्दीप लामिछानेजस्तो खेलाडीले पाउँदैनन् भने खेलकुद मन्त्रालय राख्नुपर्ने, परराष्ट्र मन्त्रालय राख्नुपर्ने म त आवश्यकता देख्दिनँ,’ उनले भने ।

Share: