Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गुल्मीमा जीप दुर्घटना : एकजनाको मृत्यु, सात घाइते – Lekhanpeeth

गुल्मीमा जीप दुर्घटना : एकजनाको मृत्यु, सात घाइते

Share:

काठमान्डौ/गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सातजना घाइते छन् ।

 

आज बिहान चन्द्रकोट गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटतर्फ जाँदै गरेको ग२च ३२६२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सत्यवती गाउँपालिका–८, भार्सेका ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

 

उनका अनुसार, जीप आफैँ अनियन्त्रित भई सडकदेखि ४०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए । घाइते सबैलाई उपचारका निम्ति पाल्पा पठाइएको उनले जानकारी दिए ।

Share: