Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आफू काठमाडौँ महानगरको प्रमुख हुँ भन्ने नभुल्न बालेनलाई एमालेको चेतावनी – Lekhanpeeth

आफू काठमाडौँ महानगरको प्रमुख हुँ भन्ने नभुल्न बालेनलाई एमालेको चेतावनी

218
0
Share:

काठमान्डौ/नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई आफू काठमाडौँ महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्न चेतावनी दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै हरेक व्यक्तिको सीमा र अधिकार तोकेको बताए।

 

उनले भने, ‘काठमाडौँ महानगरका प्रमुखलाई हामी सहयोग गर्न तयार छौँ। काठमाडौँ फोहोर व्यवस्थापन र चोक चोकमा सांस्कृतिक सहर एमालेले बनाएको हो। अहिले पनि बालेनजीलाई म भन्न चाहन्छु पैसा कति चाहियो सरकारले दिन तयार छ। सरकारले दिन्छ। प्रधानमन्त्री अर्थमन्त्री र सम्बन्धित मन्त्रीलाई भनौँला। काठमाडौँलाई अझै सुन्दर बनाउने योजना के छन्, आउनुस्। तर, उत्तेजना फैलाएर हुँदैन। तपाईंमार्फत् लाखौँ युवाहरूले भविष्य खोजेका हुन्। तर पछिल्लो दिनमा जसरी जाँदै हुनुहुन्छ त्यसले ती युवाहरूलाई धोखा हुन्छ।’

 

उनले नेताहरू जेल बसेको कुरालाई मजाकमा उडाएको भन्दै असन्तुष्टि पोखेका छन्। देशमा यो व्यवस्था ल्याउनको लागि मरिमेटेका नेता र एमालेको नेतृत्वमाथि गालीगलौज गर्न आफैँ आकाशतिर फर्किएर थुक्नुजस्तो भएको बताए।

Share: