
काठमान्डौ/अभिलेख संरक्षण (पहिलो संशोधन) सम्बन्धी विधयेक समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ । यो विधेयक अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सैद्धान्तिक एवम् दफाबार छलफल भएको थियो ।
विधेयकलाई समितिका सभापति राजकिशोर यादवले बुधबार प्रतिनिधिसभा बैठकमा प्रतिवेदनसहित पेस गरेका हुन् ।