मृगौला फेल हुनु अघि देखिन्छन् यस्ता संकेतहरु, कसरी बच्ने ? जानी राखौं

138
0
Share:

काठमान्डौ/चकटी सिन्धुलीको कमलामाई नगरपालिका–४ ज्यामिरेका महिला आफूले बनाएको चकटी देखाउँदै । कमलामाई नगरपालिका–४ को वडा कार्यालयले ५० महिलालाई १० दिने तालिममा पराल, बाबियो, थाकल, खर र खोस्टाको चकटी बनाउन सिकाएको थियो । तस्बिरः राधिका बुढाथोकीररासस

 

यस्ता छन् मृगौला फेल हुनुका कारणहरु

काठमान्डौ/शरिरका हरेक अंग किम्ती छन् । एउटा मात्र अंगको अस्वस्थतामा पनि शरिरले पूर्ण काम गर्न सक्ने अवस्था रहन्न । शरिरका अन्य अंग जस्तै किड्नी पनि उत्तिकै भूमिका रहन्छ । हाम्रो शरीरमा किड्नी अर्थात मृगौलाले रगत सफा गर्ने काम मात्र गर्दैन, पानीको सहीस्तर कायम राख्ने काममा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । त्यसैले मानव शरीरका लागि किड्नीको महत्वपूर्ण स्थान छ । त्यसैले यसलाई स्वस्थ राख्नु जरुरी छ । त्यसका लागि यो आठ कुरामा ध्यान दिनु आवश्यक छ ।

 

मृगौला फेल हुनुको अर्थ हो मृगौलाले काम गर्ने दर १५ प्रतिशतभन्दा कम हुनु । मृगौला फेल हुनु केही दिन पहिला शरीरले केही संकेत दिन थाल्दछ । त्यसलाई बेवास्ता गर्नु हुँदैन । डाक्टर अबरार मुल्तानीले यस्तै ६ संकेतका बारेमा बताएका छन्ः

 

१. पिसाबको मात्रा अचानक वा विस्तारै कम हुँदै जानु ।

 

२. शरीरमा सुजन आउनु, विशेषगरी अनुहारमा ।

 

३. मन स्थिर नहुनु वा वान्ता हुनु ।

 

४. रक्तचाप अचानक बढ्नु ।

 

५. निरन्तर रगतको कमी हुँदै जानु ।

 

६. तौल अचानक कम हुनु ।

 

सक्रिय रहनुस्ः

 

जब तपाई दैनिक जीवनमा सक्रिय रहनु हुन्छ तब ब्लड प्रेसर नियन्त्रित रहन्छ । र, तपाई मधुमेहजस्ता रोगको टपेटमा आउनबाट पनि बच्न सक्नुहुन्छ । करिब ३० प्रतिशत घटनामा मृगौला फेल हुनुको कारण मधुमेह पाइएको छ ।

 

मधुमेहको स्तर

 

रगतमा ग्लुकोजको स्तर बढ्नुले मधेमेह जस्ता रोगको खतरा त बढ्छ नै, यसबाट किड्नीका आन्तरिक नलिकाहरु पनि नष्ट हुन सक्दछ । यी नलिकाहरुमा हानी पुग्दा त्यसले रक्तप्रवाहलाई राम्रोसँग फिल्टर गर्न सक्दैन ।

 

ब्लड प्रेसर बढ्न नदिनुस्ः

 

उच्च रक्तचाप किड्नी फेल हुनुको अर्को मुख्य आम कारण हो । उच्च रक्तचापबाट पनि रक्त नलिकाहरुको भित्तामा हानी पुग्दछ । स्वस्थ मृगौलाका लागि रक्तचाप पनि १४०/९० एमएमएचजीभन्दा बढी हुनु हुँदैन ।

 

स्वस्थ आहार

 

खानपानको महत्वलाई कसरी पो नजरअन्दाज गर्न सकिन्छ । फलफूल, सागपात र फाइबरयुक्त खानेकुराबाट तौलका साथसाथै किड्नीको स्वास्थ्य पनि राम्रो रहन्छ । खानामा नुनको मात्रालाई पनि कमभन्दा कम गर्ने कोशिस गर्नु जरुरी छ ।

 

तरल पदार्थ लाभदायी

 

शरीरबाट हानिकारक पदार्थलाई बाहिर निकाल्नका लागि किड्नीलाई तरल पदार्थको माध्यम आवश्यक हुन्छ । दिनमा कम्तीमा पनि डेढदेखि दुई लिटर पानी पिउनु आवश्यक छ । र, शारीरिक रुपले बढी सक्रिय रहनेहरुले योभन्दा बढी पानी पिउनु जरुरी छ । यही जसले डायलासिस गराउने गरेका छन्, उनीहरुले कम पानी आवश्यक हुन्छ ।

चुरोट बन्द

 

रक्त प्रवाहहरुलाई नष्ट गर्नमा धुम्रपानको ठुलो हात हुन्छ । यसका कारण रगत राम्रोसँग फिल्टर हुन सक्दैन । चुरोट छोड्दा अरु पनि कयौँ प्रकारका फाइदा हुन्छन्, जसका बारेमा हामी अक्सर कुरा गर्ने गर्दछौ ।

 

पेनकिलर औषधि सेवनमा रोक

 

यदि लामो समयसम्म पीडानिरोधक औषधि सेवन गर्ने हो भने पनि यसबाट किड्नीमा नराम्रो असर पर्दछ । यदि कसैको मृगौला पहिलाबाटै केही कमजोर छ भने उनीहरुले पेनकिलर औषधिबाट निकै खतरा हुन सक्दछ । यस्ता औषधिहरु चिकित्सकको सल्लाहपछि मात्रै लामो समय सेवन गर्नु उपयुक्त हुन्छ ।

 

वर्षेनी मृगौला जाँच

 

हरेक वर्ष कमसेकम एकपटक आफ्नो मृगौलाको स्वास्थ्यमा ध्यान दिनुस् । विशेषगरी ६० वर्षभन्दा माथिको उमेरमा व्यक्ति वा मोटोपन, मधुमेह, उच्च रक्तचाप र परिवारमा कसैको किड्नी फेल भएको वंशानुगत रोग छ भने झनै नियमित जाँच जरुरी मानिन्छ । किड्नी फेल भएको प्रारम्भिक लक्षणहरु साधारण रगत जाँच वा पिसाव जाँच गरेर थाहा पाउन सकिन्छ, बेलैमा रोग पत्ता लागेको खण्डमा उपचार पनि सफल हुन सक्दछ । त्यसैले तपाई पनि आफ्नो किड्नीको स्वास्थ्यबारे सधैं सचेत रहने गर्नुस् ।

Share: