Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
इजरायल-हेजबुल्लाहबीचकाे गाेलीबारी बन्द गर्न राष्ट्रसंघकाे आह्वान – Lekhanpeeth

इजरायल-हेजबुल्लाहबीचकाे गाेलीबारी बन्द गर्न राष्ट्रसंघकाे आह्वान

168
0
Share:

काठमान्डौ/संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले शत्रुता अन्त्य गर्न आह्वान गर्दै लेबनान र इजरायलबीचको सीमा रेखामा व्यापक द्वन्द्वको जोखिम रहेको बताएका छन् ।

 

गाजा ध्वस्त पार्ने हमाससँगको आठ महिना लामो युद्धपछि उत्तरी सीमा क्षेत्रको भ्रमण गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बुधबार इजरायली सीमामा धेरै तीव्र कारबाहीका लागि तयारी भइरहेको बताएपछि राष्ट्रसंघका प्रमुखको यो धारणा आएको हो ।

 

इजरायलले गाजा पट्टीमा हमासविरुद्ध युद्ध गरिरहेको बेला हालैका दिनहरूमा हेजबुल्लाह र इजरायलबीच दिनहुँजसो आक्रमण बढेको छ । दुवै समूहलाई इरानलगायत अन्य सहयोगीहरूले समर्थन गरेका छन् ।

 

‘ब्लू लाइन’ पार गरेर जारी राखेकाे गोलीबारी बन्द गर्न महासचिवले आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकले इजरायल र लेबनानबीचको सीमा रेखालाई उल्लेख गर्दै एक विज्ञप्तिमा यस्तो बताएका हुन् ।

 

निरन्तरको गोलीबारीले यस क्षेत्रका लागि विनाशकारी परिणामसहित व्यापक द्वन्द्व निम्त्याउन सक्ने उनले बताए ।

Share: