सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

Share:

काठमान्डौ/साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले घटेको छ । शुक्रबार १ लाख ४५ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको मूल्य आज एकैदिन ४ हजार रुपैयाँ घटेको हो । आज प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुनको मूल्य १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

 

आज त्यस्तैगरी प्रतितोला चाँदीको मूल्य १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

 

Share: