Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु – Lekhanpeeth

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु

Share:

काठमान्डौ/फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु भएको छ। ओखलढुंगाको रुम्जाटारबाट कलाकार प्रकाश सपूत र बाल कलाकार जान्भि पौडेलको पहिलो सटबाट छायाँंकन सुरु गरिएको हो।

 

गन्धर्व परिवारको कथा बन्ने फिल्ममा अन्य कलाकार विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाललगायतको अभिनय रहनेछ।

 

फिल्म सरोज पौडेलले निर्देशन गरिरहेका छ्न्। फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छ्न्। सेभेन सिज इन्टरटेनमेन्ट्को प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्। त्यस्तै कार्यकारी निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ छ्न्।

 

फिल्ममा प्रशान्त सिवाकोटीको संगीत र सारङ्गीमा हेमन्त कान्छा रसाइली रहनेछ्न्। फिल्म आगामी वर्ष २०८२ मा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ।

Share: