Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मलेसियामा सडक दुर्घटनामा परी नेपाली युवकको मृत्यु – Lekhanpeeth

मलेसियामा सडक दुर्घटनामा परी नेपाली युवकको मृत्यु

232
0
Share:

काठमान्डौ/रौतहटबाट वैदेशिक रोजगारीमा मलेसिया गएका एक जना युवकको दुर्घटनामा परेर मृत्यु भएको छ। रौतहटको कटहरिया नगरपालिका ३ बड़का बरेडवा गाउँका अवधलाल साह सोनारको २६ वर्षीय छोरा राकेश कुमार सोनार मलेसियामा सडक दुर्घटनामा परी मृत्यु भएको हो ।

 

मलेसिया स्थित कम्पनीबाट काम सकेर कोठामा फर्किनेक्रममा गत १६ गते ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको पीडित परिवारले जनाएको छ। मृतकको को शव १० दिनपछि शनिबर साँझ उनको घरमा ल्याएर गएराती अन्त्येष्टि गरिएको छ ।

 

हिन्दु परम्परा अनुसार लाल बैकया नदी किनारमा उनको दाहसंस्कार गरिएको कटहरिया ३ कारवडा अध्यक्ष श्यामान्त यादवले बताएका छन्। मलेसियास्थित नेपाली राजदूतावासले उनी काम गर्ने कम्पनीबाट क्षतिपूर्तिका लागि पहल गरिदिन मृतक राकेशको परिवारले आग्रह गरेको छ ।

 

पछिल्लो एक वर्ष देखि उनी वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहेका थिए ।

Share: