झोलुङ्गे पुलमा अड्किएका २ खच्चर मरे, ९ खच्चरको उद्धार

Share:

काठमान्डौ/दैलेख र अछामको सिमा क्षेत्रको झोलुङ्गे पुलमा अड्किएका ९ खच्चरको उद्धार गरिएको छ । १५ खच्चरमध्ये उद्धारका क्रममा २ खच्चरको मृत्यु भएको छ । पुलको जाली काटेर खोलामा खसाएर उद्धार गर्ने क्रममा खच्चरको मृत्यु भएको हो ।

 

आइतबार बिहान करिब साढे ९ बजे अछामको पञ्चदेवल विनायक नगरपालिका ९ बाट दैलेखको आठबिस नगरपालिका ४ खिड्कीज्युला बजारमा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न जाँदै गर्दा झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १५ खच्चर पुलमै अडकिएका थिए ।

 

अडकिएका खच्चरलाई पुलको एकातर्फको जाली काटेर खोलामा झारेर डुंगा र अन्य माध्यमबाट उद्धार प्रयास भइरहेको छ ।

Share: